अभिभावक/विद्यार्थी तथ्याङ्क विवरण फारम

यस बिद्यालयमा अध्ययनरत् कक्षा बालविकास (ECD) देखि १२ सम्मका सम्पूर्ण बिद्यार्थी तथा अभिभाबकज्यू हरुले शैक्षिक सत्र २०७७ मा कोभिड-१९ (COVID-19) संक्रमणले गर्दा प्रत्यक्ष कक्षा संचलान गर्न कठिन भएको र बैकल्पिक उपाय स्वरूप यथासम्भब विधुतीय कक्षा संचालनार्थ “अभिभावक/विद्यार्थी तथ्याङ्क विवरण” संकलन उद्देश्य को लागि विद्युतीय तथ्याङ्क फारम (Online Survey Form) तयार गरी सो को लिंक विद्यालयको आधिकारिक वेबसाइट (www.geetamata.edu.np) तथा फेसबुक पेज (www.facebook.com/shreegeetamata) मा राखिएको ले उक्त लिंकमा क्लिक गरी अनलाइन मार्फत सिधै फारम भरी अथवा डाउनलोड गरी सोधिएका प्रश्नहरुको जवाफ लेखि प्रबिष्ट (Submit) गरिदिनुहुन सम्पूर्ण अभिभाबक तथा बिद्यार्थीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

प्रस्तुत सुचना अनुसारको Survey फारम को लिंक आफ्नो सम्पर्कमा रहेका बिद्यार्थी हरुलाई शेयर (Share) गरि सहजीकरण समेत गरिदिनुहुन सम्पूर्ण शिक्षकज्यूहरुलाई अनुरोध गरिन्छ ।

तलको १ र २ मध्ये कुनै एउटा लिंक मा मात्र क्लिक गरेर फारम बुझाउनु होला ।

१. अनलाइन फारम भर्न यो लिंक मा क्लिक गर्नुहोस्: https://geetamata.edu.np/parents-student-statistics/
अथवा
२. फारम डाउनलोड गरि प्रिन्ट गर्न यो लिंक मा क्लिक गर्नुहोस्: फारम डाउनलोड लिंक
र प्रिन्ट गरि भरिसकेको फारम बुझाउन यो लिंकमा क्लिक गर्नुहोला: https://geetamata.edu.np/survey-form-submission/